विजय–त्रिशा सम्बन्ध चर्चामै : गायिका सुचित्राको फेरि कटाक्ष

822
shares

काठमाडौं तमिलनाडुका नयाँ मुख्यमन्त्री तथा अभिनेता थलापति विजयको सपथग्रहण समारोहपछि तमिल मनोरञ्जन क्षेत्र फेरि विवाद र अड्कलबाजीको केन्द्र बनेको छ । अभिनेत्री त्रिशा कृष्णन समारोहमा विशेष रूपमा देखिएपछि भारतीय गायिका सुचित्राले उनीमाथि पुनः सार्वजनिक कटाक्ष गरेकी छन् ।

सुचित्राले सामाजिक सञ्जालमार्फत त्रिशालाई लक्षित गर्दै विजयकी पत्नी संगीता सोर्नालिंगम र उनका छोराछोरीको “मानसिक अवस्था” बारे पनि सोच्नुपर्ने टिप्पणी गरेकी हुन् । उनले विजय–त्रिशा निकटताले परिवारमा दूरी बढेको संकेतसमेत गरेकी छन् ।

तमिलनाडुको मुख्यमन्त्री बनेपछि आयोजित भव्य सपथग्रहण समारोहमा त्रिशा विजयकी आमा र दिदीसँग आत्मीय रूपमा प्रस्तुत भएकी थिइन् । तर विजयकी पत्नी र उनका सन्तान भने समारोहमा अनुपस्थित देखिएपछि सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको हो ।

रिपोर्टअनुसार सुचित्राको आधिकारिक इन्स्टाग्राम पेजबाट विजय र त्रिशाको सम्बन्धलाई लक्षित गर्दै लगातार पोस्ट, स्टोरी र टिप्पणीहरू सार्वजनिक भइरहेका छन् । यसअघि पनि उनले त्रिशालाई “परजीवी” भन्दै आलोचना गरेकी थिइन् ।

तमिलनाडु विधानसभा निर्वाचनमा विजय नेतृत्वको टिभीके पार्टीले ऐतिहासिक सफलता पाएपछि विजय–त्रिशा सम्बन्धबारे चर्चा अझ चर्किएको छ । चुनावी नतिजा सार्वजनिक भएकै दिन त्रिशाको जन्मदिन परेको थियो । त्यसपछि उनी विजयलाई बधाई दिन उनको निवास पुगेकी थिइन् ।

यतिबेला तमिल मनोरञ्जन क्षेत्र मात्र होइन, सामाजिक सञ्जाल पनि यही चर्चाले तातेको छ । विजयको राजनीतिक उडानसँगै व्यक्तिगत सम्बन्धका विषय सार्वजनिक बहसको हिस्सा बन्दै जाँदा उनका समर्थक र फ्यानहरूबीच समेत मत विभाजन देखिन थालेको छ ।

civil hospital
Hams Hospitals