skip this Bajaj motar bike

पर्यटन प्रवर्द्धनको ठूलो दाबी, तर पर्यटक संख्या र सेवा गुणस्तरमै प्रश्न

642
shares

काठमाडौं । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेश सिंह बडालले ‘विङ्स अण्डर फोर्टी’ अन्तर्गत “बेस्ट इन स्ट्राटेजिक टुरिजम डेभलपमेन्ट अवार्ड” जिते पनि नेपालको पर्यटन क्षेत्रको वास्तविक अवस्था भने अझै चुनौतीपूर्ण नै देखिएको छ।
नेपालको पर्यटन प्रवर्द्धन, अन्तर्राष्ट्रिय नेटवर्किङ र विभिन्न कार्यक्रम सञ्चालनमा योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको हो। तर आलोचकहरूका अनुसार नेपालमा पर्यटन क्षेत्र अझै पनि कमजोर पूर्वाधार, अव्यवस्थित सेवा, अन्तर्राष्ट्रिय बजारमा सीमित प्रभाव र सरकारी उदासीनताबाट ग्रसित छ।
वर्षौंदेखि ‘नेपाल भ्रमण’ र ‘अन्तर्राष्ट्रिय प्रवर्द्धन’ का कार्यक्रम भइरहे पनि पर्यटकको बसाइ अवधि, खर्च क्षमता र सेवा सन्तुष्टिमा अपेक्षित सुधार आउन सकेको छैन। हिमालयन ट्राभल मार्ट, अन्तर्राष्ट्रिय एक्स्पो र फोरमहरू आयोजना भए पनि त्यसको प्रत्यक्ष लाभ स्थानीय पर्यटन व्यवसायी र ग्रामीण गन्तव्यसम्म पुग्न नसकेको गुनासो बढ्दो छ।
पर्यटन क्षेत्रका जानकारहरूका अनुसार अहिले पर्यटन क्षेत्रमा अवार्ड, सम्मान र प्रचार बढी भइरहेको छ, तर विमानस्थल व्यवस्थापन, सडक पहुँच, सरसफाइ, सुरक्षा र गुणस्तरीय सेवा सुधारजस्ता आधारभूत विषय अझै कमजोर छन्।
त्यस्तै, निजी क्षेत्रका सीमित व्यक्तिहरूलाई केन्द्रमा राखेर गरिने कार्यक्रमले समग्र पर्यटन क्षेत्रको वास्तविक समस्या ओझेलमा पार्ने काम गरिरहेको आरोपसमेत लाग्न थालेको छ।
‘विङ्स अण्डर फोर्टी’ समारोहमा विभिन्न ट्राभल व्यवसायी र होटल क्षेत्रका व्यक्तिहरू सम्मानित भए पनि पर्यटन उद्योगसँग प्रत्यक्ष जोडिएका साना व्यवसायी, गाइड, श्रमिक र ग्रामीण पर्यटन क्षेत्रका समस्या भने अझै समाधानविहीन अवस्थामा रहेका छन्।

civil hospital
Hams Hospitals