६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद खाली, सरकारले माग्यो आवेदन

159
shares

काठमाडौँ । सरकारले देशका विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा रिक्त रहेको उपकुलपति पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सोमबार सूचना जारी गर्दै ६ वटा प्रतिष्ठानका लागि योग्य व्यक्तिबाट दरखास्त मागेको हो ।

मन्त्रालयका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद रिक्त रहेको छ ।

यी प्रतिष्ठानमा उपयुक्त व्यक्तिको नाम छनोट तथा सिफारिस गर्न गठित समितिले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार प्रक्रिया अघि बढाएको जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र मन्त्रालयको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयले सम्बन्धित कार्यविधि, योग्यता र आवेदन प्रक्रियासम्बन्धी विस्तृत विवरण पनि आफ्नो वेबसाइटमा सार्वजनिक गरेको जनाएको छ ।

civil hospital
Hams Hospitals