६ जना सहसचिवको सरुवा

2.6K
shares

काठमाडौं । गृह मन्त्रालयले ६ सहसचिवको सरुवा गरेको छ। ललितपुरमा नरहरी घिमिरे, भक्तपुरमा विनोद कुमार खड्का, दाङमा निश्चलराज पाण्डे, सिन्धुपाल्चोकमा शशीधर घिमिरे, रुपन्देहीमा विश्वप्रकाश अर्यालको जिल्लाका प्रमुख जिल्ला (सीडीओ)को जिम्मेवारीमा सरुवा भएको छ। कारागार व्यवस्थापन विभागको महानिर्देशकको जिम्मेवारी सहसचिव माधव प्रसाद पोखरेललाई दिइएको छ। पोखरेल यसअघि रुपन्देहीमा सिडिओ थिए।

यसैगरी गृह मन्त्रालयले दुई उपसचिवको पनि सरुवा गरेको छ । सरुवा अनुसार उपसचिव निशानराज गौतमलाई जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा पठाइएको छ ।यस्तै जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा कार्यरत प्रमुख जिल्ला अधिकारी दिनेश प्रसाद थानीलाई गृह मन्त्रालयमा तानिएको छ।

मंगलबार गरिएको सरुवासंगै ६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सीडीओ फेरिएका छन्।

civil hospital
Hams Hospitals