Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नेप्से परिसूचक ३०.०८ अंकले बढेर २,७५४.४८ बिन्दुमा बन्द,३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार

3.6K
shares

काठमाडौँ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३०.०८ अंकले वृद्धि हुँदै २,७५४.४८ विन्दुमा पुगेको छ। आज बजारमा १.१० प्रतिशतको सुधार देखिएको हो। कारोबार अवधिभर बजार सकारात्मक दिशातर्फ अघि बढ्दा लगानीकर्तामा उत्साह देखिएको छ।

 

आज कुल ३ अर्ब ८२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने १ करोड ६ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको देखिएको छ। नेप्सेका अनुसार २४८ कम्पनीको शेयर मूल्य बढ्दा २१ कम्पनी घटेका छन् भने १ कम्पनीको मूल्य स्थिर रहेको छ।

 

दिनभर बजार क्रमशः उकालो लाग्दै अन्तिम समयमा थप मजबुत बनेको देखिन्छ। बजार बन्द हुँदा लगानीकर्ताको सकारात्मक मनोबल कायम रहेको संकेत देखिएको छ।

civil hospital
Hams Hospitals