गुणस्तरहीन ‘करेन्ट’ र ‘लाली’ चाउचाउ अझै खुलेआम बिक्रीमा — सरकारी अनुगमन फितलो, उपभोक्ता जोखिममा

267
shares

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहीन ठहर गरेका ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ अझै देशभरका पसलमा खुलेआम बिक्री भइरहेको पाइएको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष खेलवाड हुने गरी उत्पादन गरिएका यस्ता अखाद्य वस्तु बजारबाट हटाउन सरकार पूर्ण रूपमा असफल देखिएको छ ।

विभागले परीक्षणका क्रममा यी चाउचाउमा मापदण्ड विपरीतका तत्व फेला परेको जनाएको थियो । तर चेतावनी र निर्देशनपछि पनि सम्बन्धित कम्पनीहरूले उत्पादन तथा बिक्री नरोक्दा राज्य संयन्त्र नै निरीह बनेको आरोप उठेको छ ।

उपभोक्ताको ज्यानमाथि खेलवाड गर्ने कम्पनीहरूलाई कारबाही गर्नुको सट्टा सरकारी निकाय केवल सूचना निकालेर बस्दा बजारमा अखाद्य सामग्रीको बिगबिगी बढेको छ । नागरिकको भान्सासम्म विषाक्त खाद्यवस्तु पुग्दा समेत नियामक निकाय मौन बस्नु लाजमर्दो अवस्था भएको उपभोक्ता अधिकारकर्मीहरूको भनाइ छ ।

बजार अनुगमन कमजोर हुँदा गाउँदेखि सहरसम्म यस्ता चाउचाउ सहजै बिक्री भइरहेका छन् । अभिभावकहरू विशेष चिन्तित बनेका छन्, किनकि बालबालिकाले सबैभन्दा बढी उपभोग गर्ने खाद्यवस्तुमध्ये चाउचाउ पनि एक हो ।

 

जनताको स्वास्थ्यभन्दा माथि कम्पनीको नाफा हो ?अखाद्य वस्तु बेच्ने उद्योगलाई किन तत्काल बन्द गरिँदैन ?सरकार चेतावनीमै सीमित रहने कि कडा कारबाही पनि गर्ने ?

civil hospital
Hams Hospitals