संगठनका नेता कर्मचारीहरूलाइ दुर्गम क्षेत्रमा खटाइए पछि

1.2K
shares

काठमाडौं। वर्षौंदेखि सिंहदरबारको चौघेराभित्र सीमित रहेका केही सुब्बाहरूलाई दुर्गम जिल्लाका इलाका प्रशासन कार्यालयमा खटाइएको छ। स्रोतका अनुसार नेपाली कांग्रेस, एमाले र माओवादी निकट कर्मचारी ट्रेड युनियनसँग आबद्ध भई लामो समयदेखि सिंहदरबार केन्द्रित रहेका कर्मचारीहरूलाई डोल्पा, हुम्ला, बैतडीलगायत जिल्लामा सरुवा गरिएको हो।

गृह प्रशासनअन्तर्गत रहेका दुर्गम क्षेत्रका कार्यालयमा जनशक्ति अभाव भइरहेका बेला लामो समयदेखि केन्द्रमा रहेका कर्मचारीलाई बाहिरी जिल्लातर्फ पठाउने निर्णय गरिएको बताइएको छ। यसअघि उनीहरू दलीय कर्मचारी ट्रेड युनियनको प्रभावका कारण लामो समयसम्म केन्द्रमै बस्दै आएको आरोप समेत लाग्दै आएको थियो।

सरुवाप्रति कर्मचारी वृत्तमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई प्रशासनिक सन्तुलन र अवसरको समान वितरणका रूपमा लिएका छन् भने केहीले सरुवाको मापदण्ड र प्रक्रियामाथि प्रश्न उठाएका छन्।

civil hospital
Hams Hospitals