दस हाइकुहरू
वि.सं.२०८३ जेठ १५ शुक्रवार
372
shares
shares
१.
अवरोध बढ्छ
कारबाही ढिलो हुँदा
जनता आक्रोश
२.
अख्तियारले
छिटो अनुसन्धान गर
विश्वास बढोस
३.
भ्रष्टाचारको
अन्त्य हुन नसक्दा
देश बदनाम
४.
ठेक्का अनियमित
करको दुरुपयोग छ
राष्ट्र चिनिन्छ
५.
आरोपितहरू
धेरै समय भार बोक्छन्
सत्य ढाकिन्छ
६.
दोषी सजाय पाओस्
न्यायको बाटो खुलोस्
जनता सन्तुष्ट
७.
प्रविधि र जनशक्ति
स्रोतसाधन जुटाएर
काम तीव्र गर
८.
राजनीतिक प्रभुत्व
अनियमितता ढाक्छ
जनता निराश
९.
देश विकासको
विश्वासमा खरो घाउ
अख्तियारले
१०.
नियंत्रण
र नीति
भ्रष्टाचारलाई हराओस्
सत्य उज्यालो





























