कर संरचनामा भारी फेरबदल
वि.सं.२०८३ जेठ १५ शुक्रवार
shares
काठमाडौं । सरकारले कर संरचनामा भारी फेरबदल गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमार्फत् निम्न कुरा व्यव्था गरेको जानकारी गराएका छन् ।
आयकर छुटको सीमा दोब्बर- व्यक्तिका लागि १० लाख
व्यत्तिगत आयकरको अधिकतम दर १० प्रतिशत बिन्दूले घट्यो
२७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घट्यो
विद्यमान ११ तहको भन्सार दर सात तहमा सीमित
३६० बस्तुमा लगि आएको अन्तशुल्क खारेज
भन्सार विन्दूमा संकलन हुने छरिएका कर एकीकृत गरी हरित करमा समाहित
धितोपत्र विक्री गर्दा लाग्दै आएको पूँजिगत लाभकर अन्तिम
डिजिटल खरिदमा विजक जारी भएकै समयमा मूल्य अभिवृद्धि करको १० प्रतिशत छुट पाउने
मूल्य अभिवृद्धि कर फिर्ता गर्ने प्रणाली स्वचालित बनाउने
कर परिपालनलाई दण्ड होइन विकासको सहयात्री बनाउने
लामो समयदेखि सिर्जित कर विवाद समाधान गर्न कर छुट र सहुलियतको विशेष योजना




























