नेपाल टेलिकमको ४४ प्रतिशत सेयर सर्वसाधारणमा विक्री गरिने
वि.सं.२०८३ जेठ १५ शुक्रवार
588
shares
shares
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकमको सेयर सर्वसाधारणमा विक्री गरिने घोषणा गरेका छन् । ६६ प्रतिशत सेयर सरकारले राखेर बाँकी सेयर पुस मसान्तभित्र विक्री गरिने उनले बताए ।
आज आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् । सेयर विक्रीबाट प्राप्त रकम नेपाललाई टेक हब बनाउन उपयोग गर्ने पनि उनले बताएका छन् ।




























