हाइकुहरू
वि.सं.२०८३ जेठ १६ शनिवार
39
shares
shares
१.
स्वार्थको रणभूमि
कानुनमाथि प्रहार भयो
न्याय घाइते छ
२.
हितको विस्फोट
नियमहरू चकनाचुर
विश्वास ढल्यो
३.
शक्ति र स्वार्थ
कानुनी ढाल भत्कियो
सत्य एक्लियो
४.
अदृश्य युद्ध
नैतिकता लक्ष्य बन्यो
प्रणाली ढल्यो
५.
कानुनको आवाज
स्वार्थले थिच्यो निर्दयी
न्याय मौन भयो
६.
भ्रष्टताको आगो
संविधान जलेको छ
धुवाँ मात्र बाँकी
७.
चेतनाको प्रहार
स्वार्थको किल्ला ढल्यो
आशा पुनर्जन्म
८.
निर्णयको रण
नातावादको आक्रमण
न्याय पराजित
९.
पारदर्शी वार
अन्धकार चिरियो
सत्य उजागर
१०.
आत्मिक क्रान्ति
कानुनमा जीवन आयो
न्याय पुनर्जीवित



























