पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
वि.सं.२०८३ जेठ १७ आइतवार
105
shares
shares
काठमाडौँ । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जितेको छ।
फाइनलमा इङ्लिस क्लबआर्सनललाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै पीएसजीले उपाधि रक्षा गरेको हो ।
निर्धारित ९० मिनेट र अतिरिक्त समय गरी १ सय २० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।
खेलको सुरुआतमै काई हाभर्ट्जले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।
तर दोस्रो हाफमा ओस्मान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीलाई खेलमा फर्काए ।
त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
आर्सनलका एबेरेची एजे र गाब्रिएलले पेनाल्टी अवसर खेर फालेपछि पीएसजी विजयी बन्यो ।
गाब्रिएलको प्रहार बारमाथिबाट बाहिरिएको थियो ।






























