Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

657
shares

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) ६५ रुपैयाँ, गोलभेँडा ठूलो (नेपाली) ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो १८ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो २० रुपैयाँ, आलु रातो (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४० रुपैयाँ रहेको छ ।

यसैगरी, गाँजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, बन्दा (लोकल) प्रतिकिलो ४० रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ७० रुपैयाँ, सेतो मूला (हाइब्रीड) प्रतिकिलो १५ रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ४० रुपैयाँ र भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ कायम गरिएको छ ।

मटरकोशा प्रतिकिलो ८० रुपैयाँ, घिउ सिमी (लोकल) प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो ६० रुपैयाँ, घिउ सिमी (राजमा) १०० रुपैयाँ, तीते करेला प्रतिकिलो २०, लौका प्रतिकिलो ७० रुपैयाँ, परवर प्रतिकिलो (लोकल) ६० रुपैयाँ, घिरौला प्रतिकिलो ५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, फर्सी पाकेको प्रतिकिलो ४५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, भिण्डी प्रतिकिलो ४० रुपैयाँ, सखरखण्ड प्रतिकिलो ७० रुपैयाँ, स्कुस प्रतिकिलो ७० रुपैयाँ, पिंडालु प्रतिकिलो ३० रुपैयाँ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो प्रतिकेजी ८० रुपैयाँ, चमसुरको साग प्रतिकिलो ८० रुपैयाँ, मेथीको साग प्रतिकिलो ५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २०० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, राजा च्याउ प्रतिकेजी ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी ८०० रुपैयाँ, कुरीलो प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै समितिले स्याउ (झोले) प्रतिकिलो २०० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो २८० रुपैयाँ, कागती प्रतिकेजी १९० रुपैयाँ, अनार प्रतिकिलो ३८० रुपैयाँ, केरा (नेपाली) दर्जन १६० रुपैयाँ, केरा (मालभोग) दर्जन २०० रुपैयाँ, अङ्गुर (हरियो) प्रतिकिलो २४० रुपैयाँ, अङ्गुर (कालो) प्रतिकिलो ४०० रुपैयाँ, तरबुजा (हरियो) प्रतिकिलो ३५ रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो(लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) प्रतिकिलो १५ रुपैयाँ, रुखकटहर प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरिएको छ ।

civil hospital
Hams Hospitals