कर्णाली सरकारले आज निती तथा कार्यक्रम ल्याउँदै 

528
shares

 

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम कर्णाली प्रदेश सभामा प्रस्तुत गर्ने भएको छ । मंगलबार साँझ बसेको कर्णाली प्रदेश मन्त्रीपरिषद् बैठकले सरकारको निती तथा कार्यक्रम स्वीकृत गर्दै बुधबार ३ बजे बस्ने प्रदेशसभा बैठकममा प्रदेश प्रमुख यज्ञराज जोशीले प्रस्तुत् गर्ने कर्णाली सरकारका प्रवक्ता भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोदकुमार शाहले जानकारी दिए ।

कर्णाली सरकारले कर्णालीको मौलिकतामा आधारित रहेर निती तथा कार्यक्रम ल्याउने बताएको छ । कार्यान्वयन योग्य र छिठटो प्रतिफल दिने कार्यक्रम सरकारले प्राथमिकतामा राखेको छ । मन्त्रीपरिषद् बैठकले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकासा गर्ने निर्णय पनि गरेको छ ।

घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन ४ करोड ७४ लाख ७२ हजार रुपैयाँ बराबरको रकम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहहरूलाई अख्तियारी प्रदान गरिने छ । प्रदेश सरकारले उक्त रकम सम्बन्धित स्थानीय तहमार्फत वितरण गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूलाई राहत तथा सम्मानस्वरूप जीवन निर्वाहमा सहयोग पु¥याउने जनाएको छ ।

civil hospital
Hams Hospitals