त्रिभुवन विमानस्थल अध्यागमन प्रमुखमा सिर्जना थपलिया
वि.सं.२०८३ जेठ २२ शुक्रवार
921
shares
shares
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सह-सचिव सिर्जना थपलियालाई जिम्मेवारी दिएको छ। गृह मन्त्रालयले शुक्रबार १६ जना सह-सचिव सरुवा गरेको हो।
हाल संखुवासभाको प्रमुख जिल्ला अधिकारी रहेकी थपलियालाई महत्त्वपूर्ण मानिने विमानस्थल अध्यागमन प्रमुखको जिम्मेवारी दिइएको हो। यसअघि विमानस्थल अध्यागमन प्रमुख नरहरि घिमिरे ललितपुरको प्रमुख जिल्ला अधिकारी भएर गएका थिए। उनको सरुवासँगै रिक्त रहेको स्थानमा थपलियालाई खटाइएको छ।
यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा बलराम निरौला सरुवा भएका छन्। उनीहरूसँगै १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी पनि हेरफेर गरिएको छ।




























