नेप्से परिसूचक ८.१४ अंकले घटेर २,७२८.०३ बिन्दुमा बन्द , ३ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार

777
shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबारको कारोबारमा सामान्य गिरावटसहित बन्द भएको छ। नेप्से परिसूचक ८.१४ अंकले घटेर २,७२८.०३ विन्दुमा पुगेको छ, जसअनुसार बजारमा ०.२९ प्रतिशतको गिरावट देखिएको छ।

 

कारोबार अवधिभर बजार उतार–चढावपूर्ण रह्यो भने अन्त्यतिर बिक्री दबाब बढ्दा सूचकमा गिरावट आएको हो। कुल रु. ३ अर्ब ९० करोडभन्दा बढीको कारोबार भएको छ भने ९२ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।

 

आजको कारोबारमा ८१ कम्पनीको सेयर मूल्य बढेको, १७९ कम्पनीको घटेको र १३ कम्पनीको मूल्य स्थिर रहेको नेप्से तथ्यांकले देखाएको छ। समग्रमा बजारमा घट्ने कम्पनीहरूको संख्या बढी रहँदा सूचक दबाबमा परेको हो।

civil hospital
Hams Hospitals