हाइकुहरू

522
shares

 

१.
डेटाको मन्दिर
मौन आत्मा हरायो
कोडले प्रार्थना।

२.
देवत्वको खोज
मानवता ओझेलमा
स्क्रिनमा आत्मा।

३.
एल्गोरिद्म हाँस्यो
करुणा मौन बस्यो
यन्त्रको युग।

४.
अमरत्व आयो
तर अनुभूति म¥यो
शून्य अनन्त।

५.
मेशिनको आँखा
मनको भाषा बुझेन
हृदय एक्लियो।

६.
डेटा देवता
मानिस आफ्नै छायाँ
चेतना थाकी।

७.
प्रविधिको ज्योति
आत्माको अँध्यारो
युगको विडम्बना।

८.
कोडभित्र जीवन
तर स्पर्श हराइसक्यो
मौन ब्रह्माण्ड।

९.
देव बन्न खोज
मानवपन छुट्दैछ
समय रोयो।

१०.
मौन अन्तराल
त्यहीँ बाँच्छ आत्मा अझ
डेटा हार्छ।

 

civil hospital
Hams Hospitals