विश्वकपमा सनसनी ! उपाधि दाबेदार पोर्चुगल डीआर कंगोको ‘वार’ रोक्न असफल, १–१ बराबरीमा स्तब्ध

234
shares

 

काठमाडौं । सन् २०२६ को फिफा विश्वकपमा उपाधि दाबेदार मानिएको पोर्चुगलले आफ्नो पहिलो खेलमै ठूलो झट्का व्यहोरेको छ। अपेक्षित सहज जितको अनुमान विपरीत प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो) ले उत्कृष्ट र योजनाबद्ध खेल प्रदर्शन गर्दै पोर्चुगललाई १–१ गोलको बराबरीमा रोकेको छ।

खेलको सुरुवातमै पोर्चुगलले दबदबा कायम गरेको थियो। छैटौं मिनेटमै जोआओ नेभेसले हेडरमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएपछि पोर्चुगल सहज जिततर्फ अघि बढ्ने संकेत देखिएको थियो।

तर खेलको अन्त्यतिर पुग्दै गर्दा डीआर कंगोले जबरजस्त पुनरागमन गर्‍यो। पहिलो हाफ सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा योआने विसाले कर्नरबाट आएको बललाई सटीक हेडर गर्दै गोल गरेपछि खेल १–१ मा बराबरी भयो।

यो गोल डीआर कंगोको विश्वकप इतिहासकै पहिलो गोलका रूपमा दर्ज भएको छ, जसले उनीहरूको लागि ऐतिहासिक क्षण बनाएको छ।

पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने खेलभर प्रभावहीन देखिए। छैटौं विश्वकप खेलिरहेका उनी डीआर कंगोका कडा र योजनाबद्ध डिफेन्सिव रणनीतिका कारण पूर्ण रूपमा रोकिए।

उपाधि दाबेदार पोर्चुगललाई पहिलो खेलमै रोक्दै डीआर कंगोले विश्वकपमा ठूलो सन्देश दिएको छ।अब कुनै पनि टिमलाई हल्का रूपमा लिन भने नहुने यो खेलबाट प्रष्ट हुन्छ।

civil hospital
Hams Hospitals