रास्वपा निर्वाचन परिणामः स्वर्णिम पहिलो, आशिका तामाङको अन्तिम

498
shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदका लागि भएको निर्वाचनमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत प्राप्त गर्दै आफ्नो लोकप्रियता र संगठनभित्रको बलियो प्रभाव पुनः स्थापित गरेका छन्।

सार्वजनिक मत परिणामअनुसार डा. वाग्लेले २ हजार ६ सय ७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेका हुन्। उनको निकटतम प्रतिस्पर्धी सोविता गौतमले २ हजार ५ सय ९४ मत प्राप्त गरिन् भने शिशिर खनाल २ हजार ४ सय ९५ मतसहित तेस्रो स्थानमा रहे।

पार्टीभित्र चर्चित र प्रभावशाली नेताहरूबीच भएको प्रतिस्पर्धामा सागर ढकालले २ हजार ३ सय ३३ मत प्राप्त गर्दै आफूलाई बलियो दाबेदारका रूपमा स्थापित गरेका छन्। यस्तै तोसिमा कार्की, रञ्जु दर्शना, हरि ढकाल, मनिष झा, कविन्द्र बुर्लाकोटी लगायतका उम्मेदवारले पनि उल्लेखनीय मत प्राप्त गरेका छन्।

निर्वाचन परिणामले रास्वपाभित्र नयाँ नेतृत्वको उदयसँगै पुराना र नयाँ अनुहारबीचको शक्ति सन्तुलन स्पष्ट देखाएको विश्लेषण गरिएको छ। विशेषगरी स्वर्णिम वाग्ले, सोविता गौतम, शिशिर खनाल र सागर ढकालको मत परिणामले पार्टीभित्र उनीहरूको लोकप्रियता अझ मजबुत रहेको संकेत गरेको छ।

शीर्ष मत प्राप्त गर्ने उम्मेदवारहरू : • डा. स्वर्णिम वाग्ले – २६०७ मत

• सोविता गौतम – २५९४ मत

• शिशिर खनाल – २४९५ मत

• सागर ढकाल – २३३३ मत

• तोसिमा कार्की – २२५७ मत

• रञ्जु दर्शना – २२४९ मत

• मनिष झा – २२३७ मत

• हरि ढकाल – २२१९ मत

• कविन्द्र बुर्लाकोटी – २१८४ मत

• विपिन आचार्य – २१२६ मत

.आशिका तामाङ १४३०

 

महाधिवेशनको यो परिणामले आगामी दिनमा रास्वपाको संगठनात्मक संरचना र नेतृत्वको दिशा निर्धारणमा महत्वपूर्ण प्रभाव पार्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ। पार्टीभित्रको जनाधार, संगठन क्षमता र नेतृत्वप्रतिको विश्वास मत परिणाममार्फत प्रत्यक्ष रूपमा प्रतिबिम्बित भएको देखिएको छ।

 

civil hospital
Hams Hospitals