शनिबार ५१ औँ दिन मनाउँदै ‘लालीबजार’ 

92.3K
shares
Nabil bank

 

काठमाडौं । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ले आगामी शनिबार प्रदर्शनको ५१औँ दिन मनाउने भएको छ । यस वर्ष हालसम्म प्रदर्शनमा आएका नेपाली फिल्महरूमध्ये ‘लालीबजार’ व्यावसायिक रूपमा सबैभन्दा सफल फिल्ममध्ये एक बनेको छ । घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको फिल्मको यात्रा अहिले १० करोड क्लबतर्फ उन्मुख छ ।

प्रदर्शनको ५१ दिन सफलतापूर्वक पूरा गरेको अवसरमा फिल्मका कलाकार तथा निर्माण टिम दर्शकसँग साक्षात्कार गर्न प्रदर्शनरत हलहरूमा पुग्ने भएका छन् । षट्कोण आट्र्सको ब्यानरमा निर्माण भएको ‘लालीबजार’को निर्देशन यम थापाले गरेका हुन् । फिल्मका निर्माता रवीन्द्रसिंह बानियाँले दर्शकसँग भेटघाट गर्दै फिल्म हेर्ने तयारी रहेको जानकारी दिए ।

‘हामीले निर्माण गरेको हरेक फिल्मलाई दर्शकले माया दिनुभएको छ, डिजिटल प्रविधिमय युगमा पनि फिल्मले ५१ औँ दिनसम्म दर्शकको साथ पाउनु आफैँमा ठूलो सफलता हो । यसको खुसी साट्न हामी शनिवार फिल्म प्रदर्शन भइरहेको विभिन्न हलमा पुगेर दर्शकलाई धन्यवाद दिनेछौँ’, अभिनेता बानियाँले भने ।

यसअघि षट्कोण आट्र्सले ‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’जस्ता सफल फिल्म निर्माण गरिसकेको छ । फिल्ममा स्वस्तिमा खड्का, रविन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, वीरबल चौधरी र कुन्टललगायत कलाकारको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रशंसा सुवेदीले अभिनयमा डेब्यु गरेका हुन् । विशाल रंगमञ्चमा सक्रिय कलाकार हुन् भने प्रशंसा जेन–जी पुस्ताकी अभिनेत्रीका रूपमा परिचित छिन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x