महामन्त्री पदको प्रतिस्पर्धामा अर्को मोड, जगदीश खरेल हार्ने डरले पछि हटे
वि.सं.२०८३ असार १२ शुक्रवार
shares
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता जगदीश खरेलले महामन्त्री पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्। पार्टीभित्र सहमति र एकताको वातावरण निर्माण गर्ने उद्देश्यले आफू प्रतिस्पर्धाबाट पछि हटेको उनले बताएका छन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि खरेलले महामन्त्री पदमा उम्मेदवारी दिएका थिए। तर पार्टी नेतृत्वसँग भएको छलफल र सहमतिपछि उनले आफ्नो दाबी फिर्ता लिने निर्णय गरेका हुन्।
उम्मेदवारी फिर्ता लिएको जानकारी दिँदै खरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ।”
खरेलको यो निर्णयलाई रास्वपाभित्र नेतृत्व चयन प्रक्रियामा सहमति खोज्ने प्रयासका रूपमा हेरिएको छ। उनको उम्मेदवारी फिर्तासँगै महामन्त्री पदको प्रतिस्पर्धाको समीकरणसमेत फेरिएको राजनीतिक वृत्तमा चर्चा छ।
रास्वपाले नयाँ नेतृत्व चयन गरिरहेको बेला विभिन्न पदमा आकांक्षीबीच प्रतिस्पर्धा र सहमतिको प्रयास एकसाथ चलिरहेका छन्। खरेलको पछिल्लो निर्णयले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्व व्यवस्थापनमा थप चासो बढाएको छ।




























