ब्राजिल अन्तिम १६ मा

78
shares

 

काठमाडौं । गाब्रिएल मार्टेीनेलीले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि जापानलाई २-१ ले पराजित गर्दै ब्राजिल फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ ।

वैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मार्टिनेलीले अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा निर्णायक गोल गरे ।पाँच पटकको च्याम्पियन ब्राजिलले पहिलो हाफमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो ।

ब्राजिलले अब आइभरी कोस्ट र नर्वे बीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ ।

civil hospital
Hams Hospitals