फिफा विश्वकप : सेनेगललाई ३–२ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश

21.5K
shares
Nabil bank

 

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको छ ।

सिएटलमा भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदैं बेल्जियम फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे।

युरी टिलेमान्सले बेल्जियमका लागि खेलको ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याएका थिए भने १२०.५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए ।

खेलको २४औं मिनेटमा हाबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि ५१औं मिनेटमा इस्माइला सारले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

बेल्जियमले जुलाई ६ मा सिएटलमै हुने अन्तिम १६ को खेलमा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x