सरकार सक्रिय : एआईजी सरुवा, राष्ट्रिय नीति स्वीकृत र उच्च पदमा नियुक्ति

189
shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नियुक्ति सरुवासँगै केही नियमावली स्वीकृत गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । तर, सरुवा भएकाहरूको नाम भने सार्वजनिक गरेनन् ।

बैठकले अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली २०८३ र शिक्षा (दशौँ संशोधन) नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । राष्ट्रिय सदाचार नीति र राष्ट्रिय विज्ञापन नीति २०८३ पनि स्वीकृत गरिएको छ ।

बैठकले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा कैलालीका हिक्मत बहादुर रावल र सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्ति गर्ने निर्णय गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का (धनकुटा) लाई नियुक्ति गरिएको छ ।

civil hospital
Hams Hospitals