हालान्डको दुई गोलमा ब्राजिल स्तब्ध, नर्वे पहिलोपटक विश्वकप क्वाटरफाइनलमा
वि.सं.२०८३ असार २२ सोमवार
shares
Photo By: Brazil's Gabriel Magalhaes (3) heads the ball away from Norway's Erling Haaland during the World Cup round of 16 soccer match between Brazil and Norway in East Rutherford, N.J., near New York, Sunday, July 5, 2026. (AP Photo/Seth Wenig)
काठमाडौं । नर्वेले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलोपटक क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।
अन्तिम १६ अन्तर्गत भर्खरै सम्पन्न रोमाञ्चक खेलमा पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै नर्वे अन्तिम आठमा पुगेको हो।
नर्वेको ऐतिहासिक जितका नायक एर्लिङ हालान्ड बने। उनले खेलको ७९औँ र ९०औँ मिनेटमा लगातार दुई गोल गर्दै टोलीलाई अविस्मरणीय सफलता दिलाए।
ब्राजिलले इन्जुरी समयमा फर्कने प्रयास गरे पनि त्यो पर्याप्त हुन सकेन। खेलको ९०+१०औँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काए, तर त्यसले हार टार्न सकेन।
यस गोलसँगै नेयमारले जारी विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्याएका छन्। गोल्डेन बुटको प्रतिस्पर्धामा उनी अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका किलियन एम्बाप्पेसँग समान ७ गोलका साथ रहेका छन्।
अब नर्वेले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
यता, पाँच पटकको विश्वकप विजेता ब्राजिलको २०२६ विश्वकप यात्रा भने अन्तिम १६ बाटै समाप्त भएको छ।


































