पोर्चुगललाई हराउँदै स्पेन विश्वकपको क्वाटरफाइनलमा

273
shares

काठमाडौं। सन् २०१० को विश्वविजेता स्पेनले फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ।

राउन्ड अफ १६ अन्तर्गत सोमबार राति सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० गोलले पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोली गोलरहित बराबरीमा रहे पनि खेलको इन्जुरी समयमा मिकेल मेरिनोले गरेको निर्णायक गोल स्पेनको जितका लागि पर्याप्त बन्यो। अन्तिम क्षणमा आएको उक्त गोलले पोर्चुगलको क्वाटरफाइनल पुग्ने सपना चकनाचुर बनाइदियो।

यस जितसँगै स्पेनले उपाधितर्फको यात्रा कायम राखेको छ। अब स्पेनले सेमिफाइनल प्रवेशका लागि क्वाटरफाइनलमा अमेरिका र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

civil hospital
Hams Hospitals