मेस्सीको नाममा फेरि दुई गिनिज वर्ल्ड रेकर्ड, विश्वकपमा रचे नयाँ इतिहास

15.6K
shares
Nabil bank

काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियो मेस्सीले आफ्नो नाममा थप दुई गिनिज वर्ल्ड रेकर्ड दर्ता गर्दै विश्व फुटबलमा अर्को ऐतिहासिक अध्याय थपेका छन्।

गिनिज वर्ल्ड रेकर्ड्सले मेस्सीलाई बधाई दिँदै उनले फिफा विश्वकप फाइनल चरणमा सर्वाधिक २१ गोल गर्ने खेलाडी तथा लगातार ९ वटा फिफा विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बनेको जनाएको छ।

विश्व फुटबलका सर्वकालीन महान् खेलाडीमध्ये एक मानिने मेस्सीले यस उपलब्धिसँगै आफ्नो कीर्तिमानी यात्रामा अर्को महत्वपूर्ण सफलता थपेका हुन्।

सन् २०२२ मा अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाएका मेस्सीले २०२६ विश्वकपमा पनि उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिँदै नयाँ–नयाँ कीर्तिमान कायम गरिरहेका छन्। गिनिज वर्ल्ड रेकर्ड्सले सार्वजनिक गरेको पछिल्लो विवरणसँगै विश्वभरका फुटबल समर्थकले मेस्सीलाई बधाई दिएका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x