नेप्से परिसूचक १.१३ अंकले घटेर २,६००.७८ बिन्दुमा बन्द , ६ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको कारोबार

177
shares

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

कारोबारको अन्त्यमा नेप्से परिसूचक १.१३ अंक अर्थात् ०.०४ प्रतिशतले घट्दै २,६००.७८ विन्दुमा कायम भएको हो। दिनभर बजारमा उतारचढाव देखिए पनि अन्तिम समयमा बिक्री दबाब बढ्दा परिसूचक रातो चिन्हमा बन्द भएको हो।

यस दिन कुल ६ अर्ब ८६ करोड ७१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ भने १ करोड ६ लाख ६० हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। बजारमा १२० कम्पनीको सेयर मूल्य बढ्दा १३५ कम्पनीको मूल्य घटेको छ भने १९ कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ। समग्रमा कारोबार रकम उल्लेखनीय रहे पनि घटेका कम्पनीको संख्या बढेकाले लगानीकर्तामा मिश्रित मनोविज्ञान देखिएको छ।

civil hospital
Hams Hospitals