Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

नेप्से परिसूचक ३०.६० अंकले घटेर २,५७०.१८ बिन्दुमा बन्द

687
shares

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। आइतबार बजार ३०.६० अंक (१.१७ प्रतिशत) ले घट्दै २,५७०.१८ विन्दुमा कायम भएको हो। कारोबार अवधिभर बजारमा बिक्रीकर्ताको दबाब देखिँदा अधिकांश समय परिसूचक ओरालो यात्रामै रह्यो।

 

यस दिन कुल ७ अर्ब ४६ करोड ८४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने ४ करोड १७ लाखभन्दा बढी कित्ता शेयर किनबेच भएका छन्। कारोबारमा सहभागी कम्पनीमध्ये २४९ कम्पनीको शेयर मूल्य घटेको, २२ कम्पनीको मूल्य बढेको र ४ कम्पनीको मूल्य स्थिर रहेको तथ्यांकले देखाएको छ। समग्र बजारमा घट्ने कम्पनीको संख्या अत्यधिक रहेकाले लगानीकर्तामा सावधानीपूर्ण मनोविज्ञान देखिएको छ।

civil hospital
Hams Hospitals