Banner ad for NADA AUTO SHOW -2026

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

6.1K
shares

काठमाडौं। सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई प्राधिकरणको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि अध्यादेशमार्फत तत्कालीन अध्यक्ष भूपेन्द्र भण्डारी पदमुक्त भएपछि घिमिरेले निमित्त अध्यक्षको रूपमा प्राधिकरणको नेतृत्व गर्दै आएका थिए। अब उनी पूर्णकालीन अध्यक्षका रूपमा नियुक्त भएका हुन्। उनको शपथग्रहण केहीबेरमै सूचना तथा सञ्चार मन्त्रालयमा हुने कार्यक्रम रहेको छ।

घिमिरे नेपाल दूरसञ्चार प्राधिकरणमा लामो समयदेखि कार्यरत छन्। उनले आर्थिक विश्लेषण तथा उपभोक्ता हित संरक्षणसँग सम्बन्धित विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए। यसअघि उनी प्राधिकरणको उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको रूपमा पनि कार्यरत थिए।

दूरसञ्चार क्षेत्रको नियमन, सेवा विस्तार, उपभोक्ता अधिकार संरक्षण तथा सूचना प्रविधिसम्बन्धी नीतिगत कार्यान्वयनमा उनको अनुभवलाई आधार बनाएर सरकारले नेतृत्वको जिम्मेवारी दिएको बताइएको छ।

civil hospital
Hams Hospitals