लामो समयदेखि सम्पर्कविहीन सहसचिवमाथि कारबाही सिफारिस, सेवाबाट हटाउने तयारी

231
shares

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक सहसचिवविरुद्ध कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै ९० दिनभन्दा बढी समयदेखि कार्यालयमा हाजिर नभएका सहसचिवलाई १५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो।

मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारी २०८२ साल माघ ११ गतेदेखि निरन्तर कार्यालयमा अनुपस्थित छन्। टेलिफोन, पत्राचार तथा अन्य उपलब्ध माध्यमबाट सम्पर्क गर्न प्रयास गरिए पनि उनीसँग सम्पर्क हुन नसकेको र अनुपस्थितिको कुनै आधिकारिक जानकारीसमेत प्राप्त नभएको जनाइएको छ।

निजामती सेवा ऐन, २०४९ को व्यवस्था अनुसार लामो समयसम्म बिना जानकारी कार्यालयमा अनुपस्थित रहने कर्मचारीलाई सरकारी सेवाबाट हटाउने प्रक्रिया अघि बढाउन सकिने भएकाले सम्बन्धित कर्मचारीलाई चित्तबुझ्दो आधार, कारण र प्रमाणसहित १५ दिनभित्र सफाइ पेश गर्न मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले पछिल्लो समय कार्यालयमा अनुपस्थित, विदेशमा बसोबास गरिरहेका वा लामो समयदेखि सम्पर्कविहीन रहेका निजामती कर्मचारीहरूको अवस्था अध्ययन तथा खोजी गर्ने कामलाई समेत तीव्र बनाएको जनाएको छ।

civil hospital
Hams Hospitals