आईएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न, ४१५ विद्यार्थी दीक्षित

120
shares

काठमाडौं। बेलायतस्थित University of Sunderland बाट सम्बन्धन प्राप्त ISMT College को दीक्षान्त समारोह सम्पन्न भएको छ।

मिति २०८३ असार २६ गते काठमाडौंको याक एण्ड यति होटलमा आयोजित समारोहमा Nabil Bank Ltd. का पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा University of Sunderland का उच्च तहका प्रतिनिधि, अभिभावक तथा अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

समारोहमा BBA (Business and Management), BHM, BSc. IT (CSE) तथा MBA कार्यक्रम पूरा गरेका ४१५ जना विद्यार्थी दीक्षित भएका छन्।

दीक्षान्त समारोहमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई University of Sunderland ले विशेष अवार्ड प्रदान गरेको थियो। साथै, उत्कृष्ट विद्यार्थीहरूलाई ISMT Group अन्तर्गतका क्याम्पसहरूमा स्नातकोत्तर तह अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति समेत प्रदान गरिएको कलेजले जनाएको छ।

ISMT Group ले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा University of Sunderland को सम्बन्धनमा BBA, BHM, BSc. IT, Cyber Security and Digital Forensics, MBA तथा MSc Computing कार्यक्रम सञ्चालन गर्दै आएको छ।

civil hospital
Hams Hospitals