प्रधानमन्त्री कार्यालय अगाडि करारका कर्मचारीको धर्ना
वि.सं.२०८३ असार ३१ बुधवार
2.1K
shares
shares
करार सेवामा कार्यरत कर्मचारीलाई हटाई आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने सरकारको तयारीसँगै १८ वटै मन्त्रालयका करार कर्मचारीहरूले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्। हिजोदेखि आन्दोलित कर्मचारीहरूले आफूहरूको सेवाको सुनिश्चितता गर्न र आउटसोर्सिङ प्रणाली लागू गर्ने निर्णय रोक्न सरकारसँग आग्रह गरेका छन्।




























