हाइकुहरू

99
shares

 

१.

सेतो कुर्सीमा
हातमा फाइल हरायो
न्याय मुस्कायो।

२.

घुसको मुस्कान
सडकभन्दा चिल्लो छ
जनता थाक्छन्।

३.

मुहार स्वच्छ छ
अन्तर भित्र अँध्यारो
ठेक्का उज्यालो।

४.

भोटको मौसम
वादल जस्तै वाचा छ
आँसु पर्छ फेरि।

५.

कागज बोल्छ रे
तर सत्य मौन बस्छ
छाप मात्र बाँकी।

६.

भ्रष्ट दरबारमा
इमानको चाबी छैन
ढोका खुल्दैन।

७.

जनताको कर
सपनामा बग्छ नदी
माथि महल छ।

८.

फाइल दौडिन्छ
न्याय भने पछि पछि
थाकेको छ देश।

९.

घडी घुमिरहेछ
परिवर्तन आउँदैन
पुरानै समय।

१०.

देशको नक्सा
साटिन्छ हरेक बिहान
हामी दर्शक मात्रै।

 

civil hospital
Hams Hospitals