Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ भाद्र ९ देखि १४ गतेसम्म आयोजना हुने

87
shares

 

काठमाडौं, असार २१ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नेपाली अटोमोबाइल क्षेत्रको सबैभन्दा ठूलो तथा प्रतिष्ठित प्रदर्शनी ‘एचपी प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आगामी २०८३ साल भाद्र ९ गतेदेखि १४ गतेसम्म आयोजना गर्ने भएको छ।

प्रदर्शनीमा सहभागी हुने कम्पनीहरूको स्टल व्यवस्थापनका लागि गत महिना खुला गरिएको दर्ता प्रक्रियापछि आज २०८३ असार २१ गते नाडा सचिवालयमा गोला प्रथामार्फत स्टल बाँडफाँट कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्यहरू तथा प्रदर्शनीमा सहभागी कम्पनीका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

गोला प्रथाबाट १९ वटा प्यासेन्जर भेहिकल, १० वटा दुई पाङ्ग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल तथा ७६ वटा साना स्टलमध्ये ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीहरूलाई स्टल एलटमेन्ट गरिएको नाडाले जनाएको छ।

यस वर्षको नाडा अटो शोमा सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संघ–संस्था र सरोकारवालाको सहभागिता रहनेछ। प्रदर्शनीले नवीनतम प्रविधि, विद्युतीय सवारी साधन, अटोमोबाइल क्षेत्रमा भएका नवप्रवर्तन तथा व्यावसायिक अवसरहरूलाई एउटै मञ्चमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका अवसरमा नाडाका महासचिव मिलनबाबु मल्ल ले प्रदर्शनीप्रति विश्वास व्यक्त गर्दै सहभागी सम्पूर्ण कम्पनी तथा सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो। उहाँले यस वर्षको नाडा अटो शो अघिल्ला संस्करणभन्दा अझ व्यवस्थित, भव्य र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो।

civil hospital
Hams Hospitals