Banner ad for NADA AUTO SHOW -2026

दुई संसदीय समितिको बैठक बस्दै

81
shares

 

काठमाडौं । संघीय संसद्का आज दुईवटा समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज अर्थ समितिको बैठक बिहान ९ः३० बजे र संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठक पनि बिहान ९ः३० बजे नै बस्दैछ ।

अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी रहने कार्यसूची छ ।

यस्तै संसदीय सुनुवाइ समिति (संयुक्त) को बैठकमा सूचना माग भएको सम्बन्धमा, अभिमुखीकरण कार्यक्रम सम्बन्धमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

civil hospital
Hams Hospitals