Banner ad for NADA AUTO SHOW -2026

प्रोटोन इ. मास ५को ‘रिडिफाइन योर एभ्रिडे’ टिभिसी फिल्म सार्वजनिक

123
shares

काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नेपाली बजारमा भर्खरै सार्वजनिक गरेको कम्प्याक्ट इलेक्ट्रिक एसयूभी प्रोटोन इ. मास ५ का लागि ‘रिडिफाइन योर एभ्रिडे’ नामक टिभिसी फिल्म सार्वजनिक गरेको छ ।प्रोटोन इ. मास ५ को विशेषता तथा यसको प्रयोगबाट दैनिक जीवनमा आउने सहजतालाई प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको टिभिसी फिल्ममा काम, परिवार, सिर्जनशीलता र यात्रासँग जोडिएका चार फरक कथालाई समेटिएको कम्पनीले जनाएको छ ।

टिभिसी फिल्ममा आफ्नो करियरको महत्वपूर्ण मोडमा रहेका एक युवा उद्यमी, सिर्जनात्मक स्थानको खोजीमा रहेका कलाकार, कुनै निश्चित योजनाबिना यात्रामा निस्किएका साथीहरू तथा परिवारसँग गुणस्तरीय समय बिताइरहेका पात्रका कथालाई प्रस्तुत गरिएको छ । यी कथामार्फत आधुनिक सहरी जीवनका विविध पक्ष तथा दैनिक जीवनमा आइपर्ने अनुभवलाई उजागर गर्न खोजिएको कम्पनीको भनाइ छ ।

प्रोटोनका अनुसार टिभिसी फिल्ममा केवल गाडीको प्रविधि र प्राविधिक विशेषतालाई केन्द्रमा राखिएको छैन । बरु इ. मास ५ मा उपलब्ध फराकिलो स्पेस, आरामदायी इन्टेरियर र बहुउपयोगिताले दैनिक जीवनका विभिन्न अनुभवलाई कसरी सहज तथा अर्थपूर्ण बनाउन सक्छ भन्ने विषयलाई कथामार्फत प्रस्तुत गरिएको छ ।दैनिक जीवनलाई नयाँ ढंगले परिभाषित गर्न सधैँ ठूलो परिवर्तन आवश्यक नपर्ने र आफूले बाँचिरहेका पललाई अझ सहज, आरामदायी तथा सुन्दर बनाउन सक्नु नै जीवनलाई पुनःपरिभाषित गर्ने एउटा माध्यम हुन सक्ने सन्देश टिभिसी फिल्मले दिएको छ ।

हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा पनि प्रोटोन इ. मास ५ ले ग्राहकबाट उल्लेख्य चासो तथा बुकिङ प्राप्त गरेको कम्पनीले जनाएको छ । प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध इ. मास ५ मा रियर–ह्विल ड्राइभ तथा जि–ट्र्याक्सन कन्ट्रोल जस्ता सुविधा रहेका छन् ।त्यस्तै, गाडीमा सामान तथा विभिन्न सामग्री राख्नका लागि ३२ वटा स्मार्ट स्टोरेज कम्पार्टमेन्ट, ७० लिटरको फ्रन्ट ट्रंक, १४.६ इन्चको फुल–एचडी टचस्क्रिन र भेहिकल–टु–लोड (भी–टु–एल) क्षमताजस्ता सुविधाहरू उपलब्ध छन् ।

कम्पनीका अनुसार इ. मास ५ लाई आधुनिक सहरी जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । पर्याप्त भित्री स्थान, प्रयोगमैत्री इन्टेरियर तथा विभिन्न प्रयोजनमा उपयोग गर्न सकिने सुविधाले यसलाई दैनिक आवतजावतसँगै परिवार, मनोरञ्जन तथा यात्राका लागि समेत उपयोगी बनाउने कम्पनीको दाबी छ ।‘रिडिफाइन योर एभ्रिडे’ अभियानअन्तर्गत सार्वजनिक गरिएको मुख्य टिभिसी फिल्ममा चारवटै कथाका अंश समेटिएका छन् । मुख्य फिल्म सार्वजनिक भएसँगै आगामी हप्ताहरूमा प्रत्येक कथामा आधारित चारवटा छोटा फिल्मसमेत क्रमशः सार्वजनिक गरिने जगदम्बा मोटर्सले जनाएको छ ।

यी छोटा फिल्महरू प्रोटोन नेपालका डिजिटल प्लेटफर्महरू मार्फत सार्वजनिक हुनेछन् । कम्पनीले यस अभियानमार्फत प्रोटोन इ. मास ५ लाई केवल विद्युतीय सवारीका रूपमा नभई आधुनिक जीवनशैली, सहजता र दैनिक अनुभवसँग जोडिएको उत्पादनका रूपमा प्रस्तुत गर्न खोजेको जनाएको छ ।

civil hospital
Hams Hospitals