रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना
वि.सं.२०८३ भदौ १० बुधवार
363
shares
shares
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ ।
सम्भावित वर्षाका कारण खोज तथा उद्धारका कार्यमा आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ ।




























