विनाशकारी बाढीपहिरो प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनार्थ पद्म ज्योति ग्रुपद्वारा १ करोड सहयोग

498
shares

काठमाडौं । हालै नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जनजीवनमा गम्भीर असर पुर्‍याएको भन्दै पद्म ज्योति ग्रुपअन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ करोड रुपैयाँ सहयोग गरेको छ।

प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरूलाई तत्काल राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त योगदान गरिएको कम्पनीले जनाएको छ।

नेपालका लागि होन्डाको आधिकारिक प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.ले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको हो।

कम्पनीले जारी गरेको भनाइमा भनिएको छ, “यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौँ। राहत तथा पुनःस्थापनाको काममा सकारात्मक योगदान पु¥याउनु कम्पनीको उद्देश्य हो।”

विपत्तिपछि राहत, उद्धार तथा पुनःस्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरूले गरिरहेका प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रभावित समुदायको सामान्य जनजीवन पुनःस्थापनाका लागि सामूहिक प्रयासको महत्त्वमा जोड दिएको छ।

बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा निजी क्षेत्रबाट गरिएको यो सहयोगले विपद् प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा दीर्घकालीन पुनःस्थापनाका कार्यमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

civil hospital
Hams Hospitals