बहराइनमाथि नेपालको शानदार सुरुवात, ७ विकेटको फराकिलो जित
वि.सं.२०८३ भदौ १५ सोमवार
shares
Photo By: BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी सुरुवात गरेको छ । समूह ‘ए’मा रहेको नेपालले आफ्नो पहिलो खेलमा बहराइनमाथि ७ विकेटको फराकिलो जित दर्ता गरेको हो ।
बहराइनले प्रस्तुत गरेको ८८ रनको मामूली लक्ष्यलाई नेपालले मात्र २१ ओभरमा ३ विकेट गुमाउँदै सहजै पूरा गर्यो ।
बहराइनको ब्याटिङमा कुनै ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन् । फियाज अहमदले १५ रन बनाए भने मुहम्मद वासिमले १३ र अलि दाउदले १० रन जोडे । बाँकी सबै दोहोरो अंक पनि पुग्न सकेनन् । बहराइन ३६।२ ओभरमा अलआउट भएको थियो ।
नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए । ललित राजबंशीले तीन र करण केसीले दुई विकेट लिए ।
जवाफी ब्याटिङमा नेपालले सहजरूपमा लक्ष्य पूरा गर्यो । ओपनर अर्जुन कुमाल ३६ रनमा अविजित रहँदा रोहित पौडेलले १४ बलमा १९ रन बनाए ।
आसिफ शेखले १९ रन जोडे । खेल वाईएसडी युकेएम क्रिकेट मैदान, बङ्गीमा भएको थियो ।





























