तीन वटा संसदीय समितिको बैठक बस्दै 

93
shares

 

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।

बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आ.व. २०८२÷८३को वार्षिक प्रतिवेदनको मस्यौदामा छलफल हुने कार्यसूची रहेको छ ।

विधायन व्यवस्थापन समिति बिहान दिनको ११ः३० बजे बस्ने भएको छ । बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल हुने कार्यसूच रहेको छ ।

यस्तै, बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा भइरहेको उद्धार, राहत तथा विपद् व्यवस्थापनका सम्बन्धमा छलफल हुने कार्यसूची छ ।

civil hospital
Hams Hospitals