नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

102
shares

 

काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधिका लागि नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच प्रतिस्पर्धा भइरहेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा जारी फाइनल खेलमा नेपालले युएईसामु ३१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३१३ रन बनाएको हो ।

नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट शतकीय इनिङ्स खेले । उनले १०६ बलमा ८ चौका र ४ छक्काको मद्दतले १०२ रन बनाए ।

यस्तै, गुलशन झाले ५२ रनको अर्धशतकीय पारी खेले । अर्जुन कुमालले ४३, कप्तान रोहित पौडेलले ४० तथा दीपेन्द्र सिंह ऐरीले १८ रनको योगदान दिए । बसिर अहमद १५ रनमा अविजित रहे ।

बलिङतर्फ युएईका इबरार अहमदले ४ विकेट लिए । खुजैमा तनवीरले २ तथा हैदर अली र अदीव उस्मानीले समान १ विकेट लिए ।

अब ३१४ रनको लक्ष्य पछ्याउँदै युएई मैदानमा उत्रिएको छ । उपाधिका लागि दुवै टोलीबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यस खेलको विजेता टोलीले सन् २०२७ मा बंगलादेशमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ । त्यसैले फाइनल नेपालका लागि उपाधिसँगै एसिया कपको टिकट सुरक्षित गर्ने महत्वपूर्ण अवसरसमेत हो ।

civil hospital
Hams Hospitals