यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

1.1K
shares
Nabil bank

 

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५२ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ४८ रुपैयाँ, आलु रातो (मुडे) ४८ रुपैयाँ, भारतीय रातो आलु ४५ रुपैयाँ र सेतो आलु ३५ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ८८ रुपैयाँ, लोकल गाजर १०० रुपैयाँ र तराई गाजर ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) ४० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, सेतो मूला (हाइब्रिड) ५० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ, डल्लो भन्टा ४० रुपैयाँ, तने बोडी ४० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ तथा घिउ सिमी (लोकल) ५० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ५० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ७० रुपैयाँ, भटमासकोसा १०० रुपैयाँ, तितो करेला ५० रुपैयाँ, लौका ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ८० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ५० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, ब्रोकाउली १८० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सेलरी २५० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला ८० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३५० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो १३० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १५० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो ३५० रुपैयाँ, अनार २५० रुपैयाँ र तरबुजा (हरियो) ६० रुपैयाँ तोकिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x