नयाँ टियागो ईभीसँग उत्सवको माहोल, ‘जोयफुल विक’मा आकर्षक अफर

7.9K
shares
Nabil bank

काठमाडौं । टाटा मोटर्सको नयाँ टियागो ईभी अब विशेष अफरसहित नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ टियागो ईभीलाई लक्षित गर्दै ‘जोयफुल विक’ नामक विशेष अभियान सञ्चालन गरिरहेको छ।

सेप्टेम्बर १९ देखि २६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत ग्राहकले रु. ४.३ लाख डाउनपेमेन्टमा नयाँ टियागो ईभी घर लैजान सक्ने कम्पनीले जनाएको छ। अभियानको मुख्य उद्देश्य पुरानो गाडी एक्सचेन्ज गरी नयाँ विद्युतीय सवारीसाधनमा अपग्रेड गर्न चाहने ग्राहकलाई आकर्षक सुविधा र उपहार उपलब्ध गराउनु हो। अभियानको मुख्य सन्देश ‘एक्सचेन्ज, अपग्रेड, सेलिब्रेट’ रहेको छ।

‘जोयफुल विक’ अन्तर्गत नयाँ टियागो ईभी बुकिङ गर्ने प्रत्येक ग्राहकले आकर्षक उपहार प्राप्त गर्नेछन्। त्यस्तै, आफ्नो पुरानो गाडी एक्सचेन्ज गर्ने ग्राहकले ‘बेस्ट एभर एक्सचेन्ज भ्यालुएसन’ सुविधा पाउने कम्पनीले जनाएको छ।यसले पुरानो सवारीसाधन बिक्री वा एक्सचेन्ज गरेर नयाँ विद्युतीय गाडीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि प्रक्रिया थप सहज हुने कम्पनीको अपेक्षा छ।

अभियान अवधिभर गाडी खरिद गर्ने ग्राहकका लागि कम्पनीले विभिन्न अतिरिक्त सुविधा पनि उपलब्ध गराएको छ। जसमा निःशुल्क एक्सेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ इन्स्टलेसन लगायतका सुविधा समावेश छन्।कम्पनीका अनुसार यी सुविधाले ग्राहकलाई गाडी खरिदको मूल्यमा मात्र नभई खरिदपछिका आवश्यक सेवामा समेत थप लाभ पुर्‍याउनेछ।

नयाँ टियागो ईभी आधुनिक डिजाइन, सहज विद्युतीय ड्राइभिङ अनुभव तथा दैनिक प्रयोगलाई ध्यानमा राखेर विकास गरिएको विद्युतीय मोडलका रूपमा नेपाली बजारमा प्रस्तुत गरिएको छ।पुरानो सवारीसाधनलाई विद्युतीय गाडीमा रूपान्तरण गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘जोयफुल विक’ले एक्सचेन्जदेखि नयाँ गाडी खरिदसम्मको प्रक्रियालाई थप सहज र उत्साहजनक बनाउने कम्पनीको भनाइ छ।

ग्राहकले नेपालभर रहेका टाटा मोटर्सका आधिकारिक शोरुममा सम्पर्क गरी नयाँ टियागो ईभीका विशेषता, टेस्ट ड्राइभ तथा उपलब्ध अफरबारे जानकारी लिन सक्नेछन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x