नेपालका बाढी प्रभावितका लागि Honda को US$100,000 सहयोग
वि.सं.२०८३ असोज १८ आइतवार
shares
काठमाडौं । नेपालमा गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापना प्रयासमा सहयोग पुर्याउन Honda ले US$100,000 (अमेरिकी डलर एक लाख) सहयोग गरेको छ।
Honda को एसिया तथा ओसियाना क्षेत्रीय मुख्यालय Asian Honda Motor Co., Ltd. ले Thai Red Cross Society मार्फत उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो।
बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माण प्रयासमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको Honda ले जनाएको छ।
Honda ले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै विपद्का कारण प्रभावितहरूको शीघ्र पुनःस्थापना तथा सामान्य जनजीवनमा फर्किने कामनासमेत गरेको छ।
Honda का अनुसार विपद्का समयमा प्रभावित समुदायलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण प्रतिबद्धता हो।































