skip this Honda Content BLock AD

भाटभटेनीमा किनमेल गर्दा २ नयाँ टाटा पन्च ईभी जित्ने अवसर

234
shares
Nabil bank

काठमाडौं । नेपालीहरूको ठूलो चाडपर्वको मौसम सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। दशैं, तिहार हुँदै छठसम्मको उत्सवलाई थप विशेष बनाउन देशकै ठूलो सुपरमार्केट भाटभटेनी सुपरमार्केट र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि. ले ग्राहकलाई लक्षित गर्दै आकर्षक चाडपर्व योजना सार्वजनिक गरेका छन्।

योजनाअन्तर्गत यसपटक भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा ग्राहकले सामानसँगै नयाँ टाटा पन्च ईभी जित्ने अवसर पनि प्राप्त गर्नेछन्।योजना अनुसार भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु. २ हजार ५ सय वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता हुनेछ। योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी उपहार प्रदान गरिनेछ।

त्यस्तै, भाटभटेनीमा सामान खरिद गरी नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहक मध्येबाट पनि एक जना भाग्यशाली ग्राहक छनोट गरी अर्को नयाँ टाटा पन्च ईभी प्रदान गरिने कम्पनीले जनाएको छ।यसरी चाडपर्वको अवसरमा भाटभटेनीबाट किनमेल गर्ने ग्राहकले दुई वटा नयाँ टाटा पन्च ईभी जित्ने अवसर प्राप्त गर्नेछन्।

नयाँ पन्च ईभी : चाडपर्वको उपहारसँगै आधुनिक इलेक्ट्रिक एसयूभी

चाडपर्व योजनाको मुख्य आकर्षण बनेको नयाँ टाटा पन्च ईभी आधुनिक विद्युतीय एसयूभी हो। बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको यस गाडीमा विद्युतीय ड्राइभिङको सहजतासँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई प्राथमिकता दिइएको छ।अत्याधुनिक Acti.ev प्लेटफर्म मा आधारित नयाँ पन्च ईभी ३२ kWh र ४० kWh क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

 

नेपालमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा करिब ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिने बताइएको छ।नयाँ पन्च ईभीमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, BNCAP ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको Harman इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस लगायतका सुविधा उपलब्ध छन्।

सिप्रदी ट्रेडिङका अनुसार नेपालभर रहेका २० वटा टाटा मोटर्सका शोरुमसँगै अब देशभरका २८ वटा भाटभटेनी स्टोरमा समेत टाटा कारबारे जानकारी लिन सकिने व्यवस्था गरिएको छ।चाडपर्वको अवधिमा भाटभटेनीमा किनमेल गर्ने टाटा कारका ग्राहकलाई थप विभिन्न सरप्राइज तथा आकर्षक अवसरहरू समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

चाडपर्वको किनमेललाई थप उत्साहपूर्ण बनाउने उद्देश्यसहित ल्याइएको यो योजनाले ग्राहकलाई दैनिक उपभोग्य सामग्रीको खरिदसँगै आधुनिक विद्युतीय एसयूभी जित्ने अवसरसमेत प्रदान गर्नेछ।

civil hospital
Hams Hospitals