नेता कर्मचारी चाकरी गर्दै रमाना रोक्दै 

447
shares
Nabil bank

काठमाडौं । कर्मचारी सरुवा प्रशासनिक व्यवस्थापनको सामान्य प्रक्रिया हो। तर सरुवा भएको लामो समयसम्म पनि केही कर्मचारीले रमना नलिने र सम्बन्धित कार्यालयले समेत रमना नदिएको घटनाले प्रशासनभित्रको शक्ति सम्बन्ध र पहुँचमाथि प्रश्न उठाएको छ।

गत जेठ ७ गते विभिन्न कर्मचारीको सरुवा भएको थियो। त्यसक्रममा ट्रेड युनियनसँग आबद्ध कर्मचारीका रूपमा चिनिएका केही कर्मचारीको समेत सरुवा गरिएको थियो। सरुवा भएका अन्य कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित कार्यालयमा हाजिर गराउन पत्राचार गर्दै रमना लिनुपर्ने अवस्था सिर्जना गरे पनि केही कर्मचारी भने अहिलेसम्म पुरानै जिम्मेवारीमा छन् ।

नेपाल निजामती कर्मचारी युनियनका उपमहासचिव गणेश भण्डारीले  सरुवा भएको लामो समयसम्म रमना लिएनन् । भण्डारीलाई भीष्म भुषालले च्यापेर राखेको भन्दै कर्मचारीबीच खासखुस हल्ला चलेको छ ।

त्यस्तै, देवी पराजुली हाल सहरी विकास तथा भवन निर्माण विभागमा कार्यरत छन् । उनको पनि जेठ ७ गते सरुवा भएको भए पनि सरुवा कार्यान्वयन भएन ।

सामान्य प्रशासन मन्त्रालयले सरुवा कार्यान्वयनका लागि पत्राचार गर्ने, तर सम्बन्धित कार्यालय वा जिम्मेवार अधिकारीले रमना नदिने अवस्था कायम रहन्छ भने त्यसले कर्मचारी प्रशासनमा समान व्यवहारको प्रश्न उठाउँछ।

ट्रेड युनियनमा आबद्ध वा प्रभावशाली कर्मचारी भएकै कारण सरुवा कार्यान्वयनमा फरक व्यवहार गरिएको छ । हो भने त्यो झन् गम्भीर विषय बन्न सक्छ ।

देवी पराजुलीले १० दिनअघि मात्रै गृह मन्त्रालयबाट रमाना लिएको खुलेको छ। जबकि उनको सरुवा यसअघि नै संखुवासभास्थित इलाका प्रशासन कार्यालयमा भइसकेको थियो।

civil hospital
Hams Hospitals