५१ नायब सुब्बाको सरुवा : विभिन्न मन्त्रालय, विभाग र जिल्लामा जिम्मेवारी हेरफेर
वि.सं.२०८३ असोज २२ बिहीवार
58
shares
shares
काठमाडौं । भूमिव्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०८३ भदौ ९ गतेको निर्णयअनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ५१ जना नायब सुब्बाको सरुवा तथा कामकाज व्यवस्थापन गरेको छ।
मन्त्रालयबाट सार्वजनिक गरिएको विवरणअनुसार विभिन्न जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, मन्त्रालय, विभाग तथा अन्य सरकारी निकायमा कार्यरत नायब सुब्बाहरूलाई विभिन्न निकायमा सरुवा गरिएको हो। सरुवा हुने अधिकांश कर्मचारी राजपत्र अनंकित प्रथम श्रेणीका नायब सुब्बा छन्।































