जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते

290
shares
Nabil bank

 

सुर्खेत । जाजरकोटको जुन चाँदे गाउँपालिकामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

बिहीबार बिहान करिब २ बजे जुन चाँदे गाउँपालिका–२ र ३ को सिमाना गेरेखेतस्थित भित्री सडक खण्डमा सुर्खेतबाट जुन चाँदे आउँदै गरेको कर्णाली प्रदेश ०२००१ च १२४३ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा जिप चालक जुन चाँदे गाउँपालिका–९, कल्ली स्यालाका करिब २० वर्षीय सन्तबहादुर बस्नेत र जुन चाँदे गाउँपालिका–३, स्यालाका दिलबहादुर भण्डारीकी श्रीमती करिब ३० वर्षीया बिपना भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) बुद्धि सागर पुरीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा दिलबहादुर भण्डारी, उनका करिब चार वर्षीय छोरा शिशिर भण्डारी र जुन चाँदे गाउँपालिका–३, स्यालाकी करिब ५० वर्षीया सितला टमटा घाइते भएका छन् ।

घाइते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी गरिएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परेको जिप सडकबाट करिब ३०० मिटर तल खसेको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x