दानबहादुर कार्की आजै सर्वोच्च जाँदै
वि.सं.२०८३ कात्तिक १८ बुधवार
203
shares
shares
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की पदबाट हटाइएपछि सरकारको निर्णयविरुद्ध कानुनी उपचार खोज्न सर्वोच्च अदालत जाने भएका छन्। उनी आज (बुधबार) दिउँसो ४ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा रहेको स्रोतले जनाएको छ।
सरकारले नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी संगठनको सर्वोच्च नेतृत्वमा नियुक्त गर्ने निर्णय गरेको हो।
प्रहरी महानिरिक्षक पदबाट हटाइएपछी सरकारको निर्णयविरुद्ध कार्की सर्वोच्च अदालत जान लागेका हुन्।
Subscribe
0 Comments
Oldest
































